कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव

२०७८, बैशाख ८ बुधवार

  • 1.7K
    SHARES

  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ ।
     
    पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उनलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

    निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको हो ।
     
    कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीका गाउँ/नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।
     
    त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन आगामी असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ । 

    २०७८, बैशाख ८ बुधवार०५:५५:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार