उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य

उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य

२०७८, बैशाख १० शुक्रवार

  • 6.2K
    SHARES

  • उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा नेतृ सुजिता शाक्य चयन भएकी छन् ।

    बालुवाटारमा आज बसेको १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटीको बैठकले केन्द्रीय सदस्य शाक्यलाई विशेष कमिटी अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

    उपत्यका विशेष कमिटी अन्तर्गत पेशागत विशेष जिल्ला कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटी र उद्योगी व्यवसायी जिल्ला कमिटी रहेका छन् ।

    त्यसै गरि बैठकले पेशागत विशेष जिल्ला कमिटी र विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य माधव ढुंगेललाई एवं मजदुर विशेष जिल्ला कमिटी र उद्योगी व्यवसायी जिल्ला कमिटी इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य विना कुमारी श्रेष्ठलाई प्रदान गरेको छ ।

    आज बसेको बैठकले माधव नेपाल समूहका कुनै पनि नेतालाई जिम्मेवारी प्रदान गरेको छैन । 

    २०७८, बैशाख १० शुक्रवार०९:५४:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार