मधेस आन्दोलनका क्रममा लगाइएका १५ वटा मुद्धा फिर्ता लिने सरकारको निर्णय

मधेस आन्दोलनका क्रममा लगाइएका १५ वटा मुद्धा फिर्ता लिने सरकारको निर्णय

२०७८, बैशाख १५ बुधवार

  • 2.0K
    SHARES

  • मधेस आन्दोलनका क्रममा लगाइएका १५ वटा मुद्धा फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका मुद्धा फिर्ता लिने निर्णय गरेको छ ।

    आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सुचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुंगले तराईमधेशमा आन्दोलनताका सरकारले लगाएका १५ वटा मुद्धा फिर्ता लिने निर्णय भएको बताए ।  जसबाट १२० जना व्यक्ति थुना मुक्त हुने छन् ।

    महान्यायाधिवक्ता कार्यालयले निर्देशिका, कानुन र संविधानका आधारमा राय दिएका आधारमा मुद्धा फिर्ता लिइएको प्रवक्ता गुरुंगको भनाई थियो । 

    २०७८, बैशाख १५ बुधवार०३:३४:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार