सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म 

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म 

२०७८, जेठ १४ शुक्रवार

  • 2.0K
    SHARES

  • सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म 

    चौतारा । सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ ।

    कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ । 

    सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।   

    जिल्लामा सङ्क्रमितको सङ्ख्या हालसम्म दुई हजार दुईसय ४२ पुगेको र सक्रिय सङ्क्रमित एकहजार आठसय ८५ पुगेको  छ भने मृतकको सङ्ख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

     

    २०७८, जेठ १४ शुक्रवार०७:०८:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार