काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।
इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेका छन् ।
सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।
स्रोतका अनुसार इजलासमा सुनुवाईको प्रारम्भ भरखरै गरिएको र सबै सुनुवाइहरु आजै समापन गरिने पनि बताईएको छ ।
सर्वोच्चले यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई फागुन ११ गतेको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।