राष्ट्रपति भण्डारीद्धारा बजेटसम्बन्धी तीन अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्धारा बजेटसम्बन्धी तीन अध्यादेश जारी

२०७८, जेठ १५ शनिवार

  • 1.2K
    SHARES

  • राष्ट्रपति भण्डारीद्धारा बजेटसम्बन्धी तीन अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ ।

    राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८', विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट केही बेरपछि प्रस्तुत गर्ने कार्यक्रम छ । 

    २०७८, जेठ १५ शनिवार०४:१७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार