काठमाण्डौ । कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै सरकारले सांसद विकास कोष खारेज गरेको छ ।
सांसद विकास कोषको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको भन्दै विवादमा आउने गरेको थियो ।
सांसद विकास कोष खारेज हुनुपर्ने चौतर्फी आवाज उठे पनि गत वर्ष भने तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले यसलाई हटाएनन् । गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।
आलोचनाको विषय बन्दै गरेको अवस्थामा बजेट पनि अध्यादेशबाट आएको र प्रतिनिधिसभा समेत नरहेको अवस्थामा अर्थमन्त्री पौडेललाई सांसद विकास कोष खारेज गर्न सहज भएको हो ।