काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक बस्न लागेको हो ।
बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।