काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेहरुमा काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।