कोरोना सङ्क्रमितको शल्यक्रियाबाट सुत्केरी

कोरोना सङ्क्रमितको शल्यक्रियाबाट सुत्केरी

२०७८, जेठ १६ आइतवार

  • 1.3K
    SHARES

  • कोरोना सङ्क्रमितको शल्यक्रियाबाट सुत्केरी

    बैतडी । जिल्लामा पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ ।

    दशरथचन्द नगरपालिका-४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।   
    नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

    शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ ।

    ती महिलाले पहिलो सन्तानका रुपमा छोरा जन्माएको अस्पतालले जनाएको छ ।  अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

    यसैबीच कोरोना कहरबीच पनि जिल्ला अस्पतालमा प्रसुती सेवा प्रदान भइरहेको छ ।  अस्पतालमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै गएपछि आकस्मिक र प्रसुतिबाहेकका सबै सेवा बन्द गरिएको डाक्टर जोशीले बताए ।

    बैतडीमा हाल ६०० बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।  

    २०७८, जेठ १६ आइतवार०५:५७:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार