हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

२०७८, जेठ १७ सोमवार

  • 2.2K
    SHARES

  • हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

    सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ ।

    जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

    यसअघि जिल्ला अस्पतालमा तीन अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासीआङ्जु लामाले जानकारी दिए । बाह« जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ । 

    २०७८, जेठ १७ सोमवार११:५९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार