२०७८, जेठ १८ मंगलवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । त्यस्तै ६०८५ जना संक्रमित भएका छन् ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।