नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

२०७८, जेठ २० बिहिवार

  • 1.0K
    SHARES

  • नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

    फुङ्लिङ । नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ । तीन दिन अगाडि काठमाडौँमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य समग्री आज अस्पताललाई उपलब्ध गरिएको हो ।

    कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि  आवश्यक स्वास्थ्य सामग्री काठमाडौँबाट  गृहजिल्ला ताप्लेजुङमा नेता भट्टराईले पठाएका हुन् ।

    सामग्रीमा अक्सिजन सिलिण्डर ४० लिटरका १० थान, पिपिई ३० थान, पल्स अक्सोमिटर तीन थान र २०० थान एन्टिजेन किट रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले बुझाएका हुन् । 

    उच्च गुणस्तरका ३० थान पिपिईमध्ये क्यानडामा रहेका ताप्लेजुङवासी घनश्याम भट्टराई र दिलप्रसाद याक्सोबाट २५ थान तथा उत्पादक व्यवसायी इरशाद अलीबाट पाँच थान उपलब्ध गराइएको हो ।

    स्वास्थ्य सामग्री ढुवानीका लागि दुई गाडी नेता भट्टराईले नै व्यवस्था गरेर झापासम्म र झापाबाट ताप्लेजुङसम्म ढुवानी सेवाले सौजन्यमा ढुवानी गरेको प्रदेशसभा सदस्य साम्सोहाङले बताए ।

    २०७८, जेठ २० बिहिवार०३:४९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार