कोरोना अपडेट : थप ६,६५३ जनामा संक्रमण; ८,६६३ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ६,६५३ जनामा संक्रमण; ८,६६३ जना संक्रमणमुक्त

२०७८, जेठ २१ शुक्रवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ६,६५३ जनामा संक्रमण; ८,६६३ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६,६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।

    हालसम्म निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।

    २०७८, जेठ २१ शुक्रवार०५:४२:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार