काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई सार्वभौम नेपालको अधिकारका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।
जेठ २१ गते हिजो साँझ उपप्रधानमन्त्रीको शपथ र कार्यभार लिएलगत्तै राजेन्द्र महतोले आफू ‘राष्ट्रिय मुक्ति’ का लागि कार्यरत रहने र मुलुकको कुनै भूभागको आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताको कुरा उठाएकामा अध्यक्ष थापाले सो विषयमा प्रष्ट पार्न आग्रह गरेका छन् ।
कतै सत्तालिप्साका लागि सार्वभौम, अखण्ड राष्ट्रका विरुद्धमा हुने गतिविधिमा पनि ओलीले आँखा चिम्लिन लागेका हुन्, थापाको प्रश्न छ ।
उनले सामाजिक संजालमा आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्, "२०७२ को आर्थिक नाकाबन्दीका समयमा सार्वभौम नेपालको अधिकारको पक्षमा स्पष्ट रुपमा उभिएवापत त्यसपछिको आम निर्वाचनमा बहुमतसँगै आम नेपालीको आदर कमाएका ओलीले के जसपासँग राजनीतिक समीकरण बनाउँदा महतोका यी उग्र र अस्वीकार्य विचारलाई अनुमोदन गरेका हुन् ।”