पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल–नेपाल समूहको निर्णय

पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल–नेपाल समूहको निर्णय

२०७८, जेठ २३ आइतवार

  • 1.7K
    SHARES

  • पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल–नेपाल समूहको निर्णय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्वनेता खनाल–नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ । आज भर्चुअल माध्यमबाट बसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता र संवादलाई विभिन्न कोणबाट अगाडि बढाउने निर्णय गरेको हो ।

    बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि इमान्दारीपूर्ण प्रयत्न नभएको आरोपसमेत लगाएको एक सदस्यले जनाएका छन् ।

    बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चुरेका ढुंगा, गिट्टी र बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न  सरकारको ध्यानाकर्षण गराएको छ ।

    बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ ।

    २०७८, जेठ २३ आइतवार०७:०४:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार