बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जना विरुद्ध सुचना जारी

बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जना विरुद्ध सुचना जारी

२०७८, जेठ २३ आइतवार

  • 1.2K
    SHARES

  • बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जना विरुद्ध सुचना जारी

    काठमाडौं । बालुवाटारको  ललिता निवास  क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।

    २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

    मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न  भनिएको छ भने  सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

    २०७८, जेठ २३ आइतवार१०:१४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार