कोरोना अपडेट: ६,६३६ जना निकोभए; ३,४७९ जना थपिए, ९९ को मृत्यु

कोरोना अपडेट: ६,६३६ जना निकोभए; ३,४७९ जना थपिए, ९९ को मृत्यु

२०७८, जेठ २३ आइतवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट: ६,६३६ जना निकोभए; ३,४७९ जना थपिए, ९९ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

    हाल परिक्षणको २५ प्रतिशत भन्दा बढिमा संक्रमण जारी छ । 

    २०७८, जेठ २३ आइतवार०४:५०:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार