एमाले विवादको मुल शुरुवात ओलीको दोश्रो किड्नी प्रत्यारोपणमा सफलता - युवानेता पोखरेल

एमाले विवादको मुल शुरुवात ओलीको दोश्रो किड्नी प्रत्यारोपणमा सफलता - युवानेता पोखरेल

२०७८, जेठ २४ सोमवार

  • 6.5K
    SHARES

  • एमाले विवादको मुल शुरुवात ओलीको दोश्रो किड्नी प्रत्यारोपणमा सफलता - युवानेता पोखरेल

    बुटवल । राष्ट्रिय युवासंघ नेपालका पुर्व केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले माधव नेपाल समूहप्रति कटाक्ष गरेका छन् । 

    पार्टीमा लामो समयदेखि चलेको विवादलाई किनारा लगाउने गरि प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार राती अपिल गरेको छ बुँदे प्रस्तावलाई समूहले स्विकार नगरेकोमा पोखरेलले आपत्ति जनाएका हुन् । 

    ओली माधव समूहका माग बमोजिम २०७५ जेठ ३ पुर्वको अवस्थामा फर्कन तयारहुँदा पनि समूहले अन्य बखेडा भिकेकामा पोखरेलले रोष प्रकट गरेका हुन् ।

    ओलीको दोस्रो किड्नी सफल प्रत्यारोपण पश्चात मर्लान् र खाउँला भनेर कुरी बसेकाहरुको सपनामा ठूलो तुसारापात भएकै हो, पोखरेलको गम्भिर आरोप छ । 

    उनले सामाजिक संजाल मार्फत धारणा सार्वजनिक गर्दै लेखेका छन्, "अब पनि बखेडा झिक्ने हो भने, ओलीको जेठ २ गते पछीको किड्नी पनि फिर्ता लिएर पुरानै किड्नी कायम राख्नु पर्ने माग गर। आखिर बिबादको मुल शुरुवात दोश्रो किड्नी प्रत्यारोपणको सफलता पनि हो। रोगी छ, मर्छ र खाउला भनेर बसेकाहरुको सपनामा तुसारापात दोश्रो किड्निले गरेकै हो। वाईयात नौटङ्की ।"

    २०७८, जेठ २४ सोमवार१०:०६:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार