कोरोना अपडेट : थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना निकोभए

कोरोना अपडेट : थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना निकोभए

२०७८, जेठ २४ सोमवार

  • 985
    SHARES

  • कोरोना अपडेट : थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना निकोभए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

    त्यस्तै, काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    २०७८, जेठ २४ सोमवार०५:५६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार