भक्तपुर क्यान्सर अस्पतालमा ३५ किलोको ट्युमर निकालियो

भक्तपुर क्यान्सर अस्पतालमा ३५ किलोको ट्युमर निकालियो

२०७८, जेठ २५ मंगलवार

  • 997
    SHARES

  • भक्तपुर क्यान्सर अस्पतालमा ३५ किलोको ट्युमर निकालियो

    भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो(ट्युमर) निकालिएको छ । एक वर्षदेखि पेटमा समस्या झेल्दै आएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।

    अस्पताल प्रशासन प्रमुख राजाराम तजलेकाअनुसार शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेका जानकारी दिए । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ । 

    यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ ।

    आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेकाकारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ ।  

    बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ ।

    २०७८, जेठ २५ मंगलवार०६:४७:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार