काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास आज पनि बस्न सकेन ।
न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास आज पनि नबसेको हो तर बस्न नसकेको कारण भने खुलेको छैन ।
सोमवार प्रधानन्यााधिश चोलेन्द्र शमसेर जबरा बिरामी भएर बस्न नसकेको जनाईएको थियो ।
संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।
तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ ।