शिक्षामन्त्रीद्धारा सेनाको व्यावसायिक तालिम केन्द्र निरीक्षण

शिक्षामन्त्रीद्धारा सेनाको व्यावसायिक तालिम केन्द्र निरीक्षण

२०७८, जेठ २६ बुधवार

  • 2.9K
    SHARES

  • शिक्षामन्त्रीद्धारा सेनाको व्यावसायिक तालिम केन्द्र निरीक्षण

    लमजुङ । नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले आज निरीक्षण गरेका छन् ।

    लमजुङको बेँसीशहर वडा नं.२ बगालेगाउँमा निर्माणाधीन केन्द्रको निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार राम्रो बनेको र क्षेत्रफल पनि पर्याप्त भएकाले आगामी दिनमा प्राविधिक ज्ञान, सीप र अध्ययन गर्न यसले सहयोग पुर्याउने बताए ।  

    निरीक्षण टोलीलाई क्याम्पसका प्राचार्य श्याम घिमिरेले हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

    केन्द्रलाई रुपान्तरण गरी नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थानको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेसँगैे विएस्सी एजी अध्यापन गर्ने प्रक्रिया समेत अघि बढेको श्रीजंग गणका गणपति जयराम थापाले बताए ।   

    झण्डै १३ करोड रुपैयाँ लगानीमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त क्षेत्रमा बाख्रा, गाई, बंगुर, कुुखुरापालन गरिएको छ भने तरकारी खेतीसमेत गरिएको छ । केन्द्र करिब ४ सय रोपनी क्षेत्रफलमा पैलिएको छ । 

     

    २०७८, जेठ २६ बुधवार०६:५६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार