राष्ट्रिय सभाध्यक्षसमक्ष शपथ

राष्ट्रिय सभाध्यक्षसमक्ष शपथ

२०७८, जेठ २६ बुधवार

  • 989
    SHARES

  • राष्ट्रिय सभाध्यक्षसमक्ष शपथ

    काठमाडौँ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

    सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले  शपथ लिएका हुन् ।
    त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे ।

    लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उनी निर्वाचित भएका थिए ।  

    राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।

    २०७८, जेठ २६ बुधवार०२:१२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार