राउटे घटनाका दोषीलाई कारवाही माग

राउटे घटनाका दोषीलाई कारवाही माग

२०७८, जेठ २७ बिहिवार

  • 997
    SHARES

  • राउटे घटनाका दोषीलाई कारवाही माग

    काठमाडौँ । अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ ।

    सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले  लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गरेको छ ।

    ‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

    २०७८, जेठ २७ बिहिवार०६:०४:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार