शंकर पोखरेल भन्छन्- महाधिवेशन आयोजक कमिटी गठनपूर्व नै बादल केन्द्रीय कमिटी सदस्य

शंकर पोखरेल भन्छन्- महाधिवेशन आयोजक कमिटी गठनपूर्व नै बादल केन्द्रीय कमिटी सदस्य

२०७८, जेठ २८ शुक्रवार

  • 2.1K
    SHARES

  • शंकर पोखरेल भन्छन्- महाधिवेशन आयोजक कमिटी गठनपूर्व नै बादल केन्द्रीय कमिटी सदस्य

    बुटवल । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पुर्व माओवादी केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल' लगाएतका नेताहरु महाधिवेशन आयोजक कमिटी बन्नु अगावै एमाले केन्द्रीय सदस्यमा चयन भएको बताएका छन् । 
      
    सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र यसले गरेको कारबाहीलाई वैधानिकता दिन अस्वीकार गरेसँगै नेता पोखरेलको धारणा सार्वजनिक भएको हो । 

    प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा जेठ २७ गते अन्तरिम आदेश दिँदै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता दिन अस्वीकार गरेको हो ।

    सर्वोच्चको २३ फागुनको फैसलाअनुसार पुनर्स्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरु मात्र बैठक राखेर महाधिवेशन आयोजक समिति बनाएका थिए । त्यसलाई ७ चैतमा बसेको ओली पक्षीय नेता केन्द्रीय सदस्यहरुको बैठकले त्यसलाई अनुमोदन गरेको थियो ।

    सोही सन्दर्भलाई लिएर नेता पोखरेलले सामाजिक संजाल मार्फत आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्, "आयोजक कमिटी गठन हुनुपूर्व नै केकको वैठकले वादल सहितका कमरेडहरुलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससंग सम्वन्धित छैन।"

    २०७८, जेठ २८ शुक्रवार१०:१९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार