सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

२०७८, जेठ २८ शुक्रवार

  • 1.0K
    SHARES

  • सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

    विराटनगर । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

    माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङमा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ ।

    माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जिल्लामा खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि आज यहाँ महासङ्घका जिल्ला अध्यक्ष सन्जिव खनाललाई सो सामग्री प्रदान गरेका हुन् । 

    सो अवसरमा संयोजक पोखरेलले कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे । 

    महासङ्घका जिल्ला अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामग्रीले सञ्चारकर्मीलाई स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जिल्लामा २१ पत्रकार कोरोना भाइरस सङ्क्रमित भएको र तीमध्ये अहिले तीन  जना होम आइसोलेशनमा र एक जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिए । 

    २०७८, जेठ २८ शुक्रवार०१:२९:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार