विकासनिर्माणको निगरानी गर्न उपप्रधानमन्त्री महासेठको आग्रह

विकासनिर्माणको निगरानी गर्न उपप्रधानमन्त्री महासेठको आग्रह

२०७८, जेठ २९ शनिवार

  • 1.1K
    SHARES

  • विकासनिर्माणको निगरानी गर्न उपप्रधानमन्त्री महासेठको आग्रह

    धनुषा । उपप्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा (एमाले)का नेता रघुवीर महासेठलाई उनको निर्वाचन क्षेत्र नं ४ को महेन्द्रनगरमा स्वागत गरिएको छ ।

    धर्मपत्नी एवं निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोसँंगै आएका महासेठलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।

    स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महासेठले  यस क्षेत्रको जनता र विकासका लागि सदैव तयार समर्पित रहने बताए । मन्त्री महासेठले  विकासनिर्माणको कामको निगरानी गर्नका लागि पनि जनतालाई सतर्क रहन आग्रह गरे ।

    २०७८, जेठ २९ शनिवार०७:०९:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार