सकियो विनियोजन विधेयकमाथि छलफल, अर्को बैठक आज दिउँसो २ः०० बजे बस्दै

सकियो विनियोजन विधेयकमाथि छलफल, अर्को बैठक आज दिउँसो २ः०० बजे बस्दै

२०७८, जेठ २९ शनिवार

  • 1.5K
    SHARES

  • सकियो विनियोजन विधेयकमाथि छलफल, अर्को बैठक आज  दिउँसो २ः०० बजे बस्दै

    कर्णाली । कर्णालीप्रदेशसभाको आठौअधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल सकिएको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामीआर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका लागि विनियोजन विधेयकसभामा पेश गरेका थिए । 

    विनियोजन विधेयकमाथिको छलफलमा भागलिँदै प्रमुखप्रतिपक्षीदल एमालेकाप्रमुख सचेतक गुलाबजंग शाहले नीति, कार्यक्रमतथा बजेटमा विभिन्न योजना आउने तर व्यवहारमालागु नहुने तर्क गरे ।

    सरकारले बजेट आउनुपूर्व १५ दिनअगावै यसका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुखनीतिहरुकाविषयमा छलफल गर्न नसकेको र आफूलाई पनि जानकारी नदिएको बताए । 

    प्रदेशसभा सदस्य दल रावल र बिमला केसीले पनि छलफलमा भागलिएका थिए । निवर्तमानमन्त्री रावलले कर्णालीको मौलिकता सुहाउँदो, भूगोल र क्षेत्रीय सन्तुलनकायम राख्ने बजेट ल्याउन सुझाए ।

    अर्का निवर्तमानमन्त्री केसीले कर्णालीमा सहयोगापेक्षीमा सडक मानवमुक्तप्रदेश घोषणा गरिसकिएकोले यसको व्यवस्थापनगर्ने कार्यक्रमलाई समेट्न सुझावदिए ।

    नेकपा (माओवादी केन्द्र) कर्णालीप्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले सबै केन्द्र सरकारले यहाँकाखनिज, खानी, ढुंगा, गिटी, बालुवाउत्खनन् गर्दा प्रदेश सरकारले त्यसमाआफ्नो पहल बढाउनुपर्नेमाउनले जोड दिए ।

    त्यसको साथै उनले कर्णालीको जडिबुटी, अपर कर्णालीलाई यार्साको हबबनाएर रोयल्टी लिएर यहाँको अर्थतन्त्रमा सहयोग पुग्ने उनको भनाइ थियो । 

    मुख्यमन्त्री रोजागारलाई मुख्यमन्त्री जनता रोजगार कार्यक्रमका रुपमा अगाडि बढाउन सुझाउनुभएका प्रमुख सचेतक विष्टले राजी, राउटे, बोटे कुसुण्डालाई संरक्षण हुनेगरी कार्यक्रमल्याउनुपर्ने र आगामीआवकोनीतितथाकार्यक्रम र बजेटमा भन्दा पनि कार्यान्वयनमा जोड दिने गरी बजेट ल्याउनआग्रह गरे ।

    छलफलमा भागलिएका सामाजिकविकास समितिकाअध्यक्ष देवीओली, प्रदेशसभा सदस्य कौशिलावती खत्री, सोशिला शाही, खड्कबहादुर खत्री, पदमबहादुर रोकाय, दानसिंह परियारलगायतले मानव सुचांकमा पछि परेको कर्णालीकोविकास र समृद्धिमा सहयोग पुग्ने तथाजनतालाई अनुभूतिहुने गरी उद्देश्यअनुरुप बजेट ल्याउन सुझाए ।

    बैठकमा सभामुख राजबहादुर शाहीले विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुखनीति माथिको छलफल सकिएको बताउँदै त्यसमा समावेश भएका विषय अवगत गराएका थिए ।

    उनले सुझाव र मार्गदर्शनलाई आगामी बजेटमा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गर्दै अर्को बैठक  जेठ २९ गते दिउँसो २ः०० बजे बस्ने जानकारी गरे। 

     

    २०७८, जेठ २९ शनिवार०७:१३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार