कोरोना अपडेट : थप ६२९५ जना संक्रमणमुक्त, ३३८४ जना संक्रमित 

कोरोना अपडेट : थप ६२९५ जना संक्रमणमुक्त, ३३८४ जना संक्रमित 

२०७८, जेठ २९ शनिवार

  • 2.3K
    SHARES

  • कोरोना अपडेट : थप ६२९५ जना संक्रमणमुक्त, ३३८४ जना संक्रमित 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै थप ३३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    ८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरि संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ । उनीहरुमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये १ हजार २०६ जनाको आईसीयू र ३७३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    २०७८, जेठ २९ शनिवार०५:२०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार