मुख्यमन्त्री पोखरेल तथा मन्त्रीद्वारा शपथ

मुख्यमन्त्री पोखरेल तथा मन्त्रीद्वारा शपथ

२०७८, जेठ ३० आइतवार

  • 1.3K
    SHARES

  • मुख्यमन्त्री पोखरेल तथा मन्त्रीद्वारा शपथ

    गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्  । 

    प्रदेश प्रमुख पौडेलले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी  हुन् ।

    मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिए। 

    समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । 

    २०७८, जेठ ३० आइतवार०७:०५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार