कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

२०७८, जेठ ३० आइतवार

  • 881
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।  

    बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

    कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । 

    २०७८, जेठ ३० आइतवार०८:२९:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार