काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले दिपक मनाङ्गेले सुधिएर नयाँ जिवन र भुमिका चाहँदा बन्चित नगर्न आग्रह गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरूंग (दीपक मनाङ्गे) प्रदेश मन्त्री बनेपछि टिकाटिप्पणी भएकामा डा भट्टराईले आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
कुनै पनि मान्छे जन्मजात अपराधी नहुने बरु समाज र राज्यले मान्छेलाई अपराधी बनाउॅछ, भट्टराईले भनेका छन् ।
दीपक मनाङ्गेले केहि दिन अगाडिमात्र डा.भट्टराईलाई भेटेर जसपा सहितको विपक्षी गठबन्धनलाई साथ दिन बाचागरेको बुझिएको छ । उनको साथ पाएपछि विपक्षी गठबन्धनले सरकार समेत गठन गरिसकेको छ ।
गुण्डा नाईकेको छवि बनाएका राजिव गुरुङ (दिपक मनाङ्गे) मनाङ प्रदेशसभा ‘ख’ बाट बिजयी गण्डकी प्रदेश सभा सदस्य हुन् । मनाङ्गेले नेकपा (तत्कालीन वाम गठबन्धनमा एमाले) को समर्थनबाट २०७४ को प्रदेश सभा चुनाव जितेका हुन् ।
तर, सांसद पदको सपथ लिनु अगाडि नै सर्वोच्चको फैसला आएपछि उनी फरार भए । वैशाख २०७५ मा पक्राउ परेका मनाङ्गेले फैसला पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि तारेखमा छुुटे । उनलाई तारेखमा छाड्न सर्वोच्चले डिल्लीबजार कारागारलाई आदेश दिएको थियो ।
मनाङ्गेले जेलबाट छुटेलगत्तै सांसद पदको सपथका लागि निवेदन दिए । निवेदन दिएपछि नेकपा (तत्कालिन नेकपा माओवादी र नेकपा एमालेको गठबन्धनपछि बनेको पार्टी) प्रवेश गर्ने सहमतिपछि सपथ लिए ।
उनले सपथलिए लगत्तै नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङ्गेलाई पार्टी प्रवेश गराए । गुण्डा नाईकेको छवि बनाउँदै गर्दा नेपाली कांग्रेसको तरुण दलमा आबद्ध मनाङ्गे नेकपा प्रवेश गर्नु अगाडि राप्रपामा आबद्ध थिए ।
उनै मनाङ्गेको विषयलाई जोडेर डा.भट्टराईले सामाजिक संजालमा लेखेका छन्, "राजीव गुरूंग (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। रो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाजरराज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीयरजातियरलैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो। मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेलरबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्: अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?"