पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

२०७८, जेठ ३० आइतवार

  • 1.1K
    SHARES

  • पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

    पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

    शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।

    बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए । 

    २०७८, जेठ ३० आइतवार०२:३५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार