आ.व. २०७८/७९ का लागि सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

आ.व. २०७८/७९ का लागि सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

२०७८, आषाढ १ मंगलवार

  • 2.3K
    SHARES

  • आ.व. २०७८/७९ का लागि सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौं । सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।

    प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।

    सरकार परिवर्तनमा फँसेको गण्डकीले भने सोमवार मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेकाले आज बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ । गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् ।

    २०७८, आषाढ १ मंगलवार०९:३१:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार