प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी

प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी

२०७८, आषाढ २ बुधवार

  • 1.4K
    SHARES

  • प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी

    काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।

    बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ ।

    मङ्गलबार नै सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो ।

    सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।

    २०७८, आषाढ २ बुधवार०६:४८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार