पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

२०७८, आषाढ २ बुधवार

  • 1.1K
    SHARES

  • पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा थप खराबी देखिएको छ । 

    उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि आज नयाँदिल्ली लगिंदै छ ।

    उनलाई आज बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । दिल्लीमा खनालको उपचार एपोलो अस्पतालमा हुने पनि जनाइएको छ ।

    उनी कोभिड संक्रमण भएर लामो समय अस्पतालमा बसी उपचार गरेर केहि दिन अगाडि मात्र डिस्चार्च भएका थिए ।

    यद्यपि १० दिन अघि देखि उनमा पुन: ज्वरो आइरहने समस्या देखिए पछि गएको सोमवार उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए । 

    २०७८, आषाढ २ बुधवार१०:११:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार