कोरोना अपडेट : थप २८२८ जनामा संक्रमण, ५२ को मृत्यु

कोरोना अपडेट : थप २८२८ जनामा संक्रमण, ५२ को मृत्यु

२०७८, आषाढ २ बुधवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप २८२८ जनामा संक्रमण, ५२ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३,०२२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ ।

    जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

    २०७८, आषाढ २ बुधवार०५:२५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार