उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

२०७८, आषाढ ६ आइतवार

  • 1.7K
    SHARES

  • उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

    काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञाबारे आवश्यक निर्णय गर्न बैठक बस्न लागेको हो ।

    बैठक आज दिउँसो बस्ने बताइएको छ । उक्त बैठकमा निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे छलफलबाट निर्णय हुने जनाइएको छ ।

    उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ७ गतेपछि सकिँदैछ ।

    अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

    सरकारले स्मार्ट लकडाउनमा जाने निर्णय यस अघि नै गरे पनि सिडियोहरुको बैठकले त्यसलाई परिभाषित गर्ने जनाइएको छ । 

    २०७८, आषाढ ६ आइतवार०८:१२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार