अवरुद्ध महाकाली राजमार्ग खुल्यो

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

२०७८, आषाढ ६ आइतवार

  • 1.6K
    SHARES

  • अवरुद्ध महाकाली राजमार्ग खुल्यो

    बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।  

    राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।  

    धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक  सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिए ।

    पहिराले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि  सडक अवरुद्ध भएको थियो ।  

    अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिए  ।

    यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो ।  

    २०७८, आषाढ ६ आइतवार०३:१२:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार