काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६ सय ४० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५३ हजार ९ सय ४० जना रहेका छन् ।
मन्त्रालयका अनुसार आज ३ हजार १ सय ३० जना डिस्चार्ज भएका छन् । यससँगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ जना रहेको छ ।
त्यस्तै आज ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ जना पुगेको छ ।