पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

२०७८, आषाढ ८ मंगलवार

  • 1.5K
    SHARES

  • पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

    सिन्धुपाल्चोक  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेका छन् । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय  बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पु-याएको थियो । 

    उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिए । उनले भने “ पुननिर्माणमा बजेटको अभाव हुँदैन ।

    सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” मन्त्री तामाङले  तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिए । “पहिलो प्राथमिकता  पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रुपमा पुनःनिर्माणको काम पनि साथ साथै अघि बढ्छ ।”

    सिन्धुपाल्चोकका बाढी पहिरा पीडितलाई रु १ करोड  

    वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोक जिल्लालाई तत्काल रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सो समितिको बैठकले सोे निर्णय गरेको हो । 

    उद्योग, पर्यटन तथा वन मन्त्री शरेस नेपालले बैठकले सिन्धुपाल्चोक लगायत प्रदेश भित्रका बाढीपहिरो प्रभावित क्षेत्रमा रोकथाम, संरक्षण र सहज वातावरण बनाउन तत्काल रु ५ करोड सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

    उनले बैककले सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि रु ५० लाख दिने निर्णय गरेको बताए । 

    अन्य जिल्लालाई पनि सम्भावित जोखिम कम गर्न लागि रु २५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका नराम्रो प्रभावित बनेको छ ।

    मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले काभ्रे भुम्लु गाउँपालिकाको दोलालघाट बजार पनि प्रभावित बनेको छ ।

    २०७८, आषाढ ८ मंगलवार०८:०१:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार