काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३,७०३ र ४,७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।