प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाई

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाई

२०७८, आषाढ ९ बुधवार

  • 945
    SHARES

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाई

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

    सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, दीपककुमार कार्की, मीरा खड्का, र डा आनन्द मोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ।

    सर्वोच्च अदालतको सोही इजलासले जेठ २६ गते राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो।

    यसै क्रममा संसद् विघटन गर्नुको कारण ७ दिनभित्र लिखित  रूपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन्।

    यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रूपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहने गरी एमिकसक्युरी मागेको थियो । सोही अनुसार असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका छन्।

    नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई र दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो। नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकसक्युरीको रूपमा चयन गरेको छ।

    त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनले पनि दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रूपमा मनोनयन गरेको छ। वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रूपमा चयन भएका भएका छन्।

    सर्वोच्चले १५ घण्टाको बहस समय तोकिसकेकाले फैसलामा ढिलाई नहुने अनुमान गर्न सकिन्छ । 

    २०७८, आषाढ ९ बुधवार०८:०६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार