कोरोना अपडेट : थप २४२१ जना संक्रमित, ८१ को मृत्यु 

कोरोना अपडेट : थप २४२१ जना संक्रमित, ८१ को मृत्यु 

२०७८, आषाढ ९ बुधवार

  • 937
    SHARES

  • कोरोना अपडेट : थप २४२१ जना संक्रमित, ८१ को मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरि कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ ।  जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको स्वास्थ्य प्रवक्ता कृष्ण पौडेलले बताए । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना होम आइसोलेसनमा रहेका छन् ।

    २०७८, आषाढ ९ बुधवार०५:११:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार