विर्तामोड नगरपालिका: बढी बजेट पूर्वाधार विकासमा

विर्तामोड नगरपालिका: बढी बजेट पूर्वाधार विकासमा

२०७८, आषाढ ११ शुक्रवार

  • 1.2K
    SHARES

  • विर्तामोड नगरपालिका: बढी बजेट पूर्वाधार विकासमा

    झापा । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ र ७९ को लागि कुल १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ । 

    बिहिवार आयोजित सातौँ नगरसभामा नगरकी उपप्रमुख पवित्रा महताराले पूर्वाधार विकासलाई रु.५६ करोड १४ लाख ५० हजार प्रस्तावसहित बजेट प्रस्तुत गरेकी हुन् ।

    नगरले आर्थिक विकासमा रु. २८ करोड २७ लाख, सामाजिक विकासमा रु.३८ करोड दुई लाख १४ हजार ५००, वातावरण तथा विपद् व्यवस्थापनमा रु. ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास प्रशासनिक र चालु खर्च समेत रु, ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।

    नगरपालिकाले चालु खर्च रु. ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्च रु. ६६ करोड ४२ लाख ६५ हजार ५०० तथा सामाजिक सुरक्षा वापत रु. २० करोड गरी कुल रु. एक अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरेको छ ।

    २०७८, आषाढ ११ शुक्रवार०७:०२:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार