मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

२०७८, आषाढ ११ शुक्रवार

  • 909
    SHARES

  • मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

    काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

    महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

    भोली शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

    २०७८, आषाढ ११ शुक्रवार१०:०५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार