सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव पारित

सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव पारित

२०७८, आषाढ ११ शुक्रवार

  • 2.1K
    SHARES

  • सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव पारित

    रुकुम(पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । नवौँ गाउँसभामा सिस्नेलाई नगरपालिका बनाउन पेश गरिएको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतले पारित भएको हो । 

    नगरपालिका बनाउनको लागि आवश्यक मापदण्ड सबै पूरा भएकाले सो प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट पारित भएको उक्त प्रस्ताव अब प्रदेश हुँदै सङ्घ सरकारमा जाने छ ।

    सिस्ने गाउँपालिकामा अहिले आठ वडा रहेका छन् । अब दुई वटा वडालाई टुक्र्याएर १० वडासहितको सिस्ने नगरपालिका प्रदेशमा प्रस्ताव गरिने भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्। 

    सिस्ने १ नम्बर वडालाई टुक्र्याएर १ र २ नम्बर वडा बनाइने छ भने २ नम्बर वडालाई टुक्र्याएर ३ र ४ नम्बर वडा बनाइने प्रस्ताव गरिएको छ ।

    त्यस्तै ५, ६, ७ र ८ नम्बर वडालाई भने अहिलेकै अवस्थामा यथावत राखिने गाउँपालिका अध्यक्ष बरालले बताइन् । वडा टुक्र्याउने प्रस्ताव गर्नुभन्दा अगाडिका ३ र ४  नम्बर वडालाई भने क्रमशः ९ र १० नम्बर वडा बनाउने प्रस्ताव गरिएको छ । 

    जनसङ्ख्याको आधारमा हेर्दा सानो तर भौगोलिक हिसाबले ठूलो यस गाउँपालिकाका वडालाई यहाँका नागरिकको सहजताकै लागि वडा टुक्र्याउने र नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

    यस्तै, गाउँसभाबाट सिस्नेको आर्थिक विधेयक, सौजन्य आधारभूत विद्यालय र जनज्योति महिला समूहबीच जग्गा सट्टापट्टा सम्बन्धको निर्णय र कर्मचारी समायोजन सम्बन्धमा बनेको ऐन २०७८ पनि सर्वसम्मतले पारित भएको छ ।

    २०७८, आषाढ ११ शुक्रवार०१:१४:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार