संसद विघटनसम्बन्धी रिटमा तेस्रो दिनको बहस सकियो, अर्को सुनवाइ आइतबार

संसद विघटनसम्बन्धी रिटमा तेस्रो दिनको बहस सकियो, अर्को सुनवाइ आइतबार

२०७८, आषाढ ११ शुक्रवार

  • 2.0K
    SHARES

  • संसद विघटनसम्बन्धी रिटमा तेस्रो दिनको बहस सकियो, अर्को सुनवाइ आइतबार

    काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको बहस सकिएको छ।

    नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ।

    बुधबारदेखि सुरु भएको बहस आइतबारसम्म जारी रहने भएको छ। रिट निवेदक पक्षलाई छुट्याइएको १५ घण्टाको समय केहि बाँकी रहेकाले बहस आइतबारलाई लम्ब्याइएको हो।

    रिट निवेदकतर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ।

    २०७८, आषाढ ११ शुक्रवार०५:३१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार