बाढीले मेलम्चीमा एक घर बगायो

बाढीले मेलम्चीमा एक घर बगायो

२०७८, आषाढ १२ शनिवार

  • 1.1K
    SHARES

  • बाढीले मेलम्चीमा एक घर बगायो

    सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो । 

    मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए  ।

    यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनौँ बेपत्ता भएका छन् ।

    त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

    बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् । 

    २०७८, आषाढ १२ शनिवार०३:३९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार